राम्रो आउने आशा गरिएको प्रभु बैंकको पनि निराशाजनक लाभांस

काठमाडौं - नेपालमा बैंकहरुले धमाधम बोनस घोषणा गरिरहेका छन् । यसै बीच प्रभु बैंकले पनि आफ्ना शेयर धनीको लागि बोनस घोषणा गरेको छ । 

 

बैंकको आज (कार्तिक २३ गते, मंगलबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद गरी कुल १२ं.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

 

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय