एभरेष्ट बैंकले लाभांस घोषणा गर्यो तर लगानीकर्ता भने दुखी

काठमाडौं -  एभरेष्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ  । राम्रो बोनस दिने अनुमान गरिएपनि कम्पनीले भने लगानीकर्तालाई निराश बनाएको छ । 

 

बैंकको आज कार्तिक १२ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ४.३२ प्रतिशत नगद गरी कुल १०.३२ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे । 

 

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

प्रतिक्रिया