काठमाण्डौ । साताको पहिलो दिन नेप्से परिसूचक एक सय एक अङ्कले बढेर समग्र बजार २६६८ विन्दुमा पुगेको छ । बैंकले चैत्र महिनाको लागि ब्याजदर नबढाउने खवरको अवसर शेयर बजारमा परेको धेरैको बुझाई छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेर ४ अर्ब ८७ करोडमाथि पुगेको छ ।
आज कारोबार भएका मध्य अधिकांश कम्पनीहरूको शेयर मूल्य बढेको छ भने ५ कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । साथै ३ कम्पनीको शेयर सर्किट लेवलमा कारोबार भएको छ । आज बीमा समूहमा लगानीकर्ताको आकर्षण देखिएको थियो । आज नेप्सेका अधिकांश उपसूचक हरियाली भएका छन ।
शिवम् सिमेन्टको शेयर सबै भन्दा धेरै मूल्यको खरिद बिक्री हुँदा २२८ कम्पनीको शेयर कारोबार भएको छ । जीवन बीमा उपसूचक एक हजार अङ्कले बढ्दा विकास बैंकमा पनि लगानीकर्ता तानिएको देखिन्छ ।