काठमाण्डो । २ महिनाको अवधिमा ६ सय अंक भन्दा धेरैले घटेको शेयर बजार पछिल्लो एक सातादेखि भने लयमा फर्किएको छ । अघिल्लो हप्ता कारोबारको पाँचै दिन दोहोरो अंकले बढेको बजार यो साता लागेसँगै फेरी उकालो लाग्ने देखिएको छ ।
साताको पहिलो दिने नेप्से अर्धसतक भन्दा धेरैले बृद्धि भएको छ । नेप्सेसँगै कारोबार रकममा पनि आज बृद्धि भएको छ । बजार मापक सूचक नेप्से आज ५५ अंकले बृद्धि हुँदै समग्र बजार २९३७ विन्दुमा पुगेर बजार बन्द भएको छ ।
आज कारोबार भएका २३२ कम्पनीहरुमा १६२ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने दश कम्पनीहरुको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ । २४ कम्पनीहरुको शेयर मूल्य घट्दा २ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ । अरुण खोला जलविद्युत कम्पनीको सबै भन्दा धेरै शेयर खरिद हुँदा ७ अर्व ८२ करोडको कारोबार भएको छ । आज बैक बाहेक अन्य सबै उपसूचकमा हरियाली भएको छ । आज एभरेष्ट बैंकको शेयर मूल्य सबै भन्दा धेरै घटेको छ ।