प्रचण्डद्वारा प्रधानमन्त्री ओलीको कडा आलोचना, असंवैधानिक सरकारको आरोप

काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका छन्। प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेताको रूपमा सम्बोधन गर्दै उनले सरकार गठन प्रक्रियादेखि नै प्रश्न उठाएका हुन्।

प्रचण्डले भने, ‘इमान मात्र होइन, सरकारको जगमा न त कानून छ, न त संविधान। म यो रोष्टमबाट फेरि एकपटक भन्छु, यो सरकार राजनीतिक बलमिच्याइँ र संविधानको अवहेलनाबाट बनेको असंवैधानिक सरकार हो। संविधानको धारा ७६ (२) अनुसार बनेको सरकारले विश्वासको मत लिन नसकेपछि स्वतः धारा ३ सक्रिय हुन्छ भनेर संविधानमा स्पष्ट व्यवस्था छ। अहिलेका प्रधानमन्त्रीले कुनै बेला आफैंले त्यसको एकदम प्रष्ट व्याख्या गर्नुभएको भिडियो हिजोआज सामाजिक सञ्जालमा घुमिरहेको देख्छु, तर म कसैलाई नैतिकता सम्झाउन चाहन्नँ।’प्रचण्डले सरकारलाई हनिमुन पिरियडसम्म शंकाको सबै सुविधा दिने पक्षमा रहे पनि गलत बाटोमा लागेको महसुस गरेको बताए।

उनले भने, ‘प्रमुख प्रतिपक्षी दलको नेताको रूपमा यो सम्मानित रोष्टम म अलि अगाडि नै पनि उपयोग गर्न सक्थेँ, तर गरिनँ। किनकि म सरकारलाई हनिमुन पिरियडसम्म शंकाको सबै सुविधा दिने पक्षमा थिएँ।

सरकारमाथि पहिलो बहस जनताको अदालतमा होस् भन्ने मेरो चाहना थियो। तर, ४० दिनभन्दा बढी समयसम्म सरकारको नियत र गन्तव्यको सूक्ष्म अवलोकनपछि म यो निष्कर्षमा पुगेको छु कि सरकार अहंकारपूर्ण तर गलत बाटोतिर अग्रसर छ।’उनले कांग्रेस र एमालेले पटकपटक माओवादीलाई प्रयोग गर्दै धोका दिएको भन्दै अहिले प्रश्न उठाउने नैतिक अधिकार नभएको पनि जिकिर गरे।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय