जितपछि रेणु दाहाललाई छोरीले भनिन् भरतपुर बासी सबैको नेता बन्नु

चितवन । भरतपुरको मेयरमा विजयी भएपछि नेतृ रेणु दाहाललाई सबैबाट बधाई आइरहेका छन । उनी आजै दोस्रो कार्यकालको लागि निर्वाचित भएकी हुन । एमालेका विजय सुवेदीलाई पराजित गर्दै उनी १२ हजार भन्दा धेरै मतान्तरले विजयी भएकी हुन । 

विजय भएपछि उनकी छोरी प्रतिभा पाठकले भावुक सन्देशसहित बधाइ दिएकी छन । उनले आमा रेनुको प्रशंसामा उनले धेरै शब्द खर्चिएकी छिन् । उनले आमालाई सबै भरतपुरवासीको नेता बन्नसमेत सुझाव दिएकी छिन् । त्यस्तै, आमा रेनुलाई चुनाव जिताउनको लागि बुवा अर्जुन पाठकले पर्दा पछाडि बसेर महत्वपूर्ण भूमिका खेलेको भन्दै बुवालाई पनि बधाई भनेकी छिन् ।

 

प्रतिक्रिया