काठमाण्डौ । धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश कुमार हमालले आज आर्थिक पत्रकारसँग भेटघाट कार्यक्रम सम्मन्न गर्नुभएको छ । सोल्टी होटलमा आयोजित सो कार्यक्रममा उहाँले आफ्ना भावी योजना बारेमा समेत चर्चा गर्नु भएको छ ।
आँफु कर्पोरेट सेक्टरबाट आएको हुँदा यो क्षेत्रको विकासको लागि छोटो समयलाई सहि सदुपयोग गर्ने बताउनु भयो । साथै उहाँले आफु नयाँ लगानीकर्ताको हितमा केन्द्रित हुने समेत बताउनु भयो । धितोपत्र बोर्डका कमिकजोरीहरु कम गर्न आफु लागि परिरहेको उहाँको भनाइ छ ।
सोहि कार्यक्रममा उहाँले रियल सेक्टर कम्पनीहरुलाई पुँजी बजारमा भित्र्याउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । नेपालमा पनि थुप्रै नाफा कमाएका र सबल कम्पनीहरु छन् । तर उनीहरु रियल सेक्टरमा आउन सकेका छैनन् । रियल सेक्टरका कम्पनीहरु ल्याउनका लागि हामीले के गर्नुपर्यो ेउहाँको भनाई थियो ।
हामी गर्न तयार छौं । रियल सेक्टरका ठूला कम्पनी तपाईंहरु पुँजी बजारमा आउनुहोस्, हमालले भने । अहिलेको भोलाटाइल मार्केटमा रियल सेक्टर कम्पनी ल्याउनैपर्छ । मार्केटको स्थायित्व र विकासका लागि पनि यो आवश्यक छ । कम्पनीहरुको विविधीकरणका लागि यसको थप आवश्यकता छ ।
बजारमा साना लगानीकर्ता हितको लागि काम गर्नु पर्ने अबस्था रहेको बताउँदै उहाँले सेवनल सुधारको लागि गर्नु पर्ने सबै काम गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । अर्को प्रसङ्गमा उहाँले टि प्लस २ कडाइका साथ कार्यान्वयन गर्न आफूले सक्दो कदम चाल्ने बताउनु भयो ।