मौद्रिक नीति आज सार्वजनिक गर्दै राष्ट्र बैंक

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबार बिहान ८ बजे मौद्रिक नीति सार्वजनिक गर्न बोर्ड बैठक बोलाएको छ। सरकारले परिवर्तनका कारण गत साता मौद्रिक नीति सार्वजनिक हुन सकेको थिएन। प्रधानमन्त्री केपी शर्मा ओली र उनका आर्थिक सल्लाहकार युवराज खतिवडाको सुझाव समेटेर राष्ट्र बैंकले नीति सार्वजनिक गर्दैछ।

मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउन शेयर बजार र घरजग्गामा लचिलो नीति ल्याउने बताइएको छ। यसपटक, शेयर धितो कर्जाको जोखिम भार घटाउने र कर्जाको सीमा पुनरावलोकन गर्ने तयारी छ।

बैंकिङ क्षेत्रको स्थायीत्व, ब्याजदर स्थायीत्व, बाह्य क्षेत्र स्थायीत्व र मूल्य वृद्धिमा ध्यान केन्द्रित गर्दै राष्ट्र बैंकले शेयर बजारका लगानीकर्ताको अपेक्षालाई सम्बोधन गर्ने प्रयास गरेको छ।

राष्ट्र बैंकले लघुवित्त कम्पनीहरूमाथिको कडाइमा पनि लचिलो नीति अपनाउँदैछ। कर्जा लगानीमा कसिलो नीति लिँदै आएको केन्द्रीय बैंकले यसपटक बैंकहरूको कर्जा लगानी बढाउन लचकता देखाउने तयारी गरेको छ।

बैंकहरूको नाफा घटिरहेको अवस्थामा, राष्ट्र बैंकले बैंकहरूको नाफा बढाउन समेत नीतिगत लचकता अपनाउने भएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय