काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेर तीन लाख १० हजार ९०० रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला तीन लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
यता चाँदीको मूल्य भने बढेको छ। महासंघका अनुसार सोमबार चाँदी प्रतितोला १० रुपैयाँले वृद्धि भई पाँच हजार ३५५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला पाँच हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरू बताउँछन्।