प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौं — प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा वैशाख १९ गते संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम अनुमोदन गरेको हो।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले उठाएका विभिन्न जिज्ञासाका जवाफ दिएका थिए। नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा वैशाख २२ गतेदेखि औपचारिक छलफल सुरु गरिएको थियो।a

प्रतिक्रिया