काठमाण्डौ । साताको दोस्रो दिन सोमबार बजार मापक सूचक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेप्से सहित कारोबार रकम पनि औसत भएको छ ।
आज बजार करिव १६ अङ्कले बढेर समग्र बजार २८५१ विन्दु माथि पुगेको छ । साथै ५ अर्ब माथिको शेयर खरिद बिक्री भएको छ । २२४ कम्पनीहरूको शेयर किनबेच हुँदा नेपाल पूर्वाधार विकास बैंकको शेयर सबै भन्दा धेरै रकमको खरिद बिक्री भएको छ । साथै आज यहि कम्पनीको शेयर मूल्य समेत करिव ९ प्रतिशत हाराहारीमा बढेको छ ।
सरकारले आज चुनावको मितिको घोषणा गर्ने खबरले शेयर बजारमा रौनक आएको धेरैको बुझाइ छ । कारोबार भएका मध्य १०५ कम्पनीहरूको शेयर मूल्य बढेको छ भने ७० कम्पनीहरूको शेयर मूल्य भने घटेको छ । साथै बाँकी कम्पनीहरूको शेयर मूल्य यथावत रहेको छ ।
बैंक तथा लद्युवित्त उपसूचकहरु घट्दा वीमा समूहको सूचक सबै भन्दा धेरै बढेको छ ।