नबिल बैंकको सिइओमा मनोज ज्ञवाली नियुक्त

काठमाडौं — नबिल बैंकले मनोज ज्ञवालीलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा नियुक्त गरेको छ। बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले उनलाई सिइओको जिम्मेवारी दिएको हो। ज्ञवाली यसअघि कार्यवाहक सिइओको भूमिकामा कार्यरत थिए।

चार्टर्ड एकाउन्टेन्ट समेत रहेका ज्ञवालीले झन्डै २० वर्षदेखि बैंकिङ क्षेत्रमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका छन्। उनको दीर्घ अनुभवका कारण बैंकले नेतृत्वको जिम्मेवारी दिएको बताइएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय