तीनकुने प्रदर्शनमा संलग्न ६५ जनामाथि मुद्दा, ११ जना अझै फरार

काठमाडौं — चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा अवाञ्छित गतिविधिमा संलग्न भएको अभियोगमा पक्राउ परेकामध्ये ६५ जनाविरुद्ध अभियोजन प्रक्रिया अगाडि बढाइएको छ।

काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले रातोपाटीलाई जानकारी दिँदै ६५ जनालाई प्रतिवादी कायम गरिएको जानकारी दिएका छन्। अभियोगपत्र काठमाडौँ जिल्ला अदालतमा पेश भइसकेको छ भने हाल दर्ता प्रक्रिया अघि बढिरहेको छ।

यस अभियोगमा ११ जनालाई फरार प्रतिवादीका रूपमा सूचीबद्ध गरिएको छ।

पक्राउ परेकामध्ये मेडिकल व्यवसायी दुर्गा प्रसाईं, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरालाई पनि प्रतिवादी कायम गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय