भगवती न्यौपाने संघीय मामिला मन्त्रीमा नियुक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त गरेका छन्।

पूर्वमन्त्री राजकुमार गुप्ताको राजीनामा स्वीकृत भएपछि मंगलबार न्यौपानेले मन्त्रालयको जिम्मेवारी पाएकी हुन्। उनी राष्ट्रिय सभामा नेकपा एमालेकी प्रमुख सचेतक समेत हुन्।

७८ लाख रुपैयाँ घुस डिलको अडियो सार्वजनिक भएपछि तत्कालीन मन्त्री गुप्ताले राजीनामा दिएका थिए।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय