काठमाडौं । नेसनल माइक्रोफाइनान्स लघुवित्तले ४५ प्रतिशतल लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षकोे नाफाबाट ४० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल ४५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।
नेसनल माइक्रोफाइनान्सले हाल कायम ४१ करोड ९० लाख ५३ हजार ५५२ रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस प्रस्ताव गरेको हो । बोनस वितरणपछि चुक्ता पुँजी ५८ करोड ६६ लाख ७४ हजार रुपैयाँ पुग्नेछ । अघिल्लो वर्ष यस लघुवित्तले २१५ बोनस सेयर र ६५ नगद गरी कुल २७५ लाभांश दिएको थियो ।