आईपीएल विजयी आरसीबीको उत्सवमा भागदौड, कम्तीमा ७ को मृत्यु

काठमाडौं । आईपीएलमा पहिलो पटक उपाधि जितेको रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)को उपलक्ष्यमा आयोजना गरिएको विजय उत्सव शोकमा परिणत भएको छ। चिन्नास्वामी स्टेडियम बाहिर ठूलो संख्यामा समर्थकहरू भेला हुँदा भीड नियन्त्रण बाहिर गएर भगदड मच्चिएको हो।

उत्सवका क्रममा रंगशालाको भित्र र बाहिर दुबैतर्फ एकाएक स्थिति अराजक बन्दा अनेकौं व्यक्ति किचिएर घाइते भएका छन्। दर्जनौँ घाइतेहरूमध्ये कैयौंको अवस्था गम्भीर रहेको बताइएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार स्थानीय टिभी च्यानलहरूलाई उद्धृत गर्दै भगदडमा परेर सातजनाको मृत्यु भएको पुष्टि भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन्।

१८ वर्षपछि पहिलो पटक आईपीएलको उपाधि जितेको आरसीबीका समर्थकहरूले उत्सव मनाउन ठूलो संख्यामा चिन्नास्वामी स्टेडियम पुगेका थिए। अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा सम्पन्न फाइनल खेलमा आरसीबीले पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्दै इतिहास रचेको थियो। रजत पाटीदारको कप्तानीमा आरसीबीले यो उपलब्धि हात पारेको हो।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय