चालू आर्थिक वर्षमा १८ बैंकको खराब कर्जा वृद्धि, हिमालयन शीर्षमा

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म आइपुग्दा अधिकांश वाणिज्य बैंकको खराब कर्जा (NPL – Non-Performing Loan) बढेको छ। वाणिज्य बैंकहरूले प्रकाशित गरेका अपरिष्कृत वित्तीय विवरणअनुसार २० वटा बैंकमध्ये १८ वटाको खराब कर्जा बढेको छ भने २ वटाको भने घटेको देखिएको छ।

खराब कर्जा घट्नेमा स्ट्याण्डर्ड चार्टर्ड बैंकएभरेष्ट बैंक रहेका छन्। स्ट्याण्डर्ड चार्टर्ड बैंकको खराब कर्जा २.१४ प्रतिशतबाट घटेर १.४४ प्रतिशतमा झरेको छ। एभरेष्ट बैंकको खराब कर्जा भने ०.७० प्रतिशतबाट घटेर ०.६४ प्रतिशतमा पुगेको छ।

उता, सबैभन्दा बढी खराब कर्जा भने हिमालयन बैंकको देखिएको छ। सो बैंकको खराब कर्जा ७.६८ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ४.९६ प्रतिशत थियो।

अन्य धेरै बैंकहरूको खराब कर्जामा उल्लेख्य वृद्धि भएको छ। सम्पूर्ण विवरण तलको तालिकामा हेर्न सकिन्छ।

वाणिज्य बैंकहरूको तेस्रो त्रैमाससम्मको खराब कर्जा विवरण

बैंकको नाम चालु वर्षको NPL (%) अघिल्लो वर्षको NPL (%) परिवर्तन
हिमालयन बैंक 7.68 4.96 वृद्धि
कुमारी बैंक 6.98 - वृद्धि
नेपाल इन्भेष्टमेन्ट मेगा 6.06 - वृद्धि
लक्ष्मी सनराइज बैंक 5.86 - वृद्धि
एनआईसी एशिया बैंक 5.75 - वृद्धि
सिटिजन्स बैंक 5.71 - वृद्धि
प्राइम कमर्शियल बैंक 5.65 - वृद्धि
नेपाल बैंक 5.45 - वृद्धि
प्रभु बैंक 5.09 - वृद्धि
ग्लोबल आइएमई बैंक 4.98 - वृद्धि
कृषि विकास बैंक 4.98 - वृद्धि
नबिल बैंक 4.96 - वृद्धि
राष्ट्रिय वाणिज्य बैंक 4.69 - वृद्धि
माछापुच्छ्रे बैंक 4.59 - वृद्धि
एनएमबी बैंक 4.47 - वृद्धि
नेपाल एसबिआई बैंक 4.06 - वृद्धि
सिद्धार्थ बैंक 4.04 - वृद्धि
सानिमा बैंक 3.42 - वृद्धि
स्ट्याण्डर्ड चार्टर्ड बैंक 1.44 2.14 घटेको
एभरेष्ट बैंक 0.64 0.70 घटेको

प्रतिक्रिया