४ वर्षमा साँढे ६ करोड भन्दा धेरै तलब बुझे अनिल शाहले

काठमाडौं । सेलिब्रेटी सीईओको नामले परिचित अनिलकेशरी शाह बैंक जागिरबाट विदा भएका छन । उनी विदा भए पनि उनको चर्चा भने सेलाएको छैन । 


नबिल बैंकका प्रमुख कार्यकारी अधिकृतबाट विदा भएका शाहले नबिल बैंकमा ४ बर्षे कार्यकाल सकेर सीईओ शाह सोमबारदेखि बिदा भएका हुन् ।


नबिल बैंकमा पहिलो कार्यकाल सीईओ बनेका उनी त्यसपछि मेगा बैंकको सीईओ बनेका थिए । मेगा बैंकबाट पुनः दोस्रो पटक नबिल बैंकमा सीईओ बनेका थिए । नबिल बैंकमा सीईओ बनेको शाह नबिल बैंकबाट नै बैंकिङ्ग यात्रा बन्द भएको हो । शाहले नबिलमा ९ वर्ष र मेगा बैंकमा ८ वर्ष सीईओको रुपमा काम गरेका हुन् ।

नबिल बैंकमा शाहले सीईओ हुँदा साढे ६ करोड रुपैयाँ भन्दा बढी पारिश्रमिक वापत बुझेका छन् । दोस्रो पटकको कार्यकालमा पूर्व सीईओ शाहले नबिलमा करोड ४८ लाख ९८ हजार रुपैयाँ पारिश्रमिक बुझेका हुन् । चालु आर्थिक बर्ष २०७८–७९ को वार्षिक तलव सुविधा भने यहाँ उल्लेख गरिएको छैन् ।

शाहले २२ माघ २०७४ को दिनमा कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको पद ग्रहण गरेका थिए । उनले ७ आषाढ २०७५ को दिन मात्रै प्रमुख कार्यकारी अधिकृतको पद सम्हालेका थिए । २२ माघदेखि ७ आषाढ २०७५ मा उनले ४३ लाख ३८ हजार ७१० रुपैयाँ बुझेका थिए ।

त्यस्तै, आर्थिक बर्ष २०७५–७६ मा शाहले १ करोड ९८ लाख १४ हजार ६७६ रुपैयाँ तलव तथा भत्ता वापत बुझेका थिए । त्यस्तै, आर्थिक बर्ष २०७६–७७ मा १ करोड ६२ लाख ३४ हजार ३०२ रुपैयाँ र आर्थिक बर्ष २०७७–७८ मा २ करोड ४५ लाख २ हजार ६६९ रुपैयाँ पारिश्रमिक बुझेका थिए ।

प्रतिक्रिया