पूर्वराष्ट्रपति भण्डारीको भनाइ: मेरो एमाले सदस्यता अझै कायम छ

काठमाडौँ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले एमालेको पार्टी सदस्यता १० वर्षअघि छाडेको भन्ने दाबी असत्य भएको स्पष्ट पारेकी छन् । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरी उनले आफूले हालसम्म पार्टी सदस्यता नछाडेको बताउँदै, कसैले चाहँदैमा त्यो सदस्यता खारेज गर्न नसक्ने दाबी गरिन् ।

उनले भनिन्, "मेरो सदस्यता खारेज गर्न कुनै व्यक्तिको मनोभावनाले मात्रै हुँदैन, पार्टी प्रणालीअनुसार चल्नुपर्छ । हुलमुल र उत्तेजनामा आएर सदस्यता खारेज गर्न मिल्दैन ।"

भण्डारीले राष्ट्रपतिको कार्यकाल सफलतापूर्वक पूरा गरेपछि बाँकी जीवन पार्टीसँग जोडिएर बिताउने सोचका साथ एमालेको सदस्यता पुनः नवीकरण गरिसकेको पनि जानकारी दिइन् । उनले ४५ वर्षदेखि एमालेमा आबद्ध रहेको स्मरण गराउँदै अहिले पनि आफू पार्टीमै रहेको स्पष्ट पारिन् ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय