विरोधपछि इम्बोस्ड नम्बर प्लेट लागू गर्ने निर्णयमा सरकार पछि हट्यो

काठमाडौं– सरकारले आगामी असोज १ गतेदेखि सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने भएको छ।

यातायात व्यवस्था विभागले सूचना जारी गर्दै वाहनधारकले आफ्नो सुविधाअनुसार नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर इम्बोस्ड नम्बर प्लेट जडान गराउन सक्ने जनाएको छ।

यसअघि विभागले असोज १ गतेदेखि अनिवार्य गर्ने निर्देशन दिएको थियो। तर पूर्वतयारी र आवश्यक संरचना बिना निर्णय अघि बढाइएको भन्दै सर्वसाधारणको विरोध भएपछि विभागले निर्णय कार्यान्वयन स्थगित गरेको हो। विभागले तत्काल नम्बर प्लेट नजोडे पनि जरिवाना वा दण्ड नलाग्ने स्पष्ट पारेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय