बुधबार प्रिओपन सेसनमा नेप्से घट्यो, कारोबार भएका मध्य अधिकांश कम्पनीको शेयर मूल्य बढ्यो

काठमाण्डौ । साताको चौथो दिन बुधबार प्रिओपन सेसनमा नेप्से परिसूचक ३ अङ्क भन्दा धेरैले घटेको छ । नेप्से घटे पनि कारोबार हुँदा मूल्य बढ्न कम्पनीको संख्या भने धेरै रहेको छ । 

दश लाख माथिको कारोबार हुँदा १६ कम्पनीको शेयर मूल्य बढेको छ भने ५ कम्पनीको शेयर मूल्य भने घटेको छ । निरन्तर बढिरहेको एनटीसीको शेयर मूल्य भने आज घटेको छ । जीवन विकास लघुवित्तको शेयर सबै भन्दा धेरै कारोबार हुँदा जलविद्युत कम्पनीका शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । 

मंगलबार पनि नेप्से दोहोरो अङ्कले बढेर बन्द भएको थियो भने कारोबार रकम सामान्य बढेको थियो । मौद्रिक नीति समीक्ष,ब्याजदर बृद्धि साथै एमसीसी पास गर्ने या नगर्ने भन्ने विषयले लगानीकर्ता अन्योल रहेको छ । 

प्रतिक्रिया