प्रशासनको निर्देशनपछि काठमाडौंका सरकारी सेवा सुरु

काठमाडौं । दुई दिनदेखि लगातार परेको भारी वर्षा र त्यसका कारण अवरुद्ध मार्गहरूमा सुधार आएपछि आज सोमबारदेखि काठमाडौं जिल्लाका सबै सरकारी तथा स्थानीय तहका कार्यालय खुल्ने भएका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार राति ‘काठमाडौं जिल्लाका कार्यालयहरू खोल्ने र सेवा सुचारु राख्ने विषयक अत्यन्त जरुरी सूचना’ जारी गर्दै सोमबार बिहान १० बजेदेखि कार्यालय सञ्चालन गर्न निर्देशन दिएको हो।

सूचनामा उल्लेख गरिएको छ कि लगातार वर्षाका कारण उत्पन्न जोखिम र उद्धार–राहतका कारण असोज १९ र २० गते सार्वजनिक बिदा दिइएको भए पनि अहिले मौसममा सुधार आएपछि सोमबारदेखि कार्यालय समयभित्र सेवा सञ्चालन गर्न सकिने अवस्था बनेको छ।

प्रशासनले सबै सरकारी कार्यालय, संस्थान र स्थानीय तहहरूले सोमबार बिहान १० बजेबाट कार्यालय सञ्चालन गरी नियमित सेवा प्रवाह गर्न तथा कर्मचारीहरूको उपस्थिति सुनिश्चित गर्न आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सुजन कुमारी बर्देवाले आइतबार राति १० बजे उक्त सूचना सार्वजनिक गरेकी हुन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय