डिस होमका ग्राहक चकित पार्ने छुट,११ हजारमै पाइन्छ यति धेरै सुविधा

काठमाडौं । नेपालको इन्टरनेट ब्यवसायमा अत्यन्तै ठुलो प्रतिस्पर्धा भइरहेको छ । जसको फाइदा ग्राहकरुले लिइरहेका छन । प्राइज वारमा सबै भन्दा अग्रस्थानमा सीजी नेट रहेको छ भने त्यसपछि नेपालको एकमात्र डीटीएच सेवा प्रदायक डिशहोम रहेको छ । 

यो कम्पनीले पछिल्लो समय आफ्ना ग्राहकहरुको लागि आकर्षक छुटको अफर सार्वजनिक गरेको छ । जसअनुसार  ग्राहकले ११ हजार पाँच सय रुपैयाँमा एक वर्षका लागि २५ एमबीपीएसको इन्टरनेटसहित डीटीएच र आईपी टिभी सेवा निःशुल्क पाउनेछन् ।


देशैभर फाइबर इन्टरनेट विस्तार गर्ने अभियान सञ्चालन गरिरहेको डिशहोमले डीटीएच, आईपी टिभी र फाइबर इन्टरनेटका लागि कम्बो प्लान ल्याएको हो ।यसअघि कम्पनीले फाइबर पूर्वाधार पुगेका ठाउँमा डिशहोम टिभीको रिचार्ज गर्दा १० एमबीपीएस इन्टरनेट निःशुल्क प्रदान गर्ने घोषणा गरेको थियो ।

प्रतिक्रिया