काठमाडौँ । नेपाली बजारमा आइतबार सुन तथा चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ८ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला ३३५ रुपैयाँले घटेको हो।
महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ३ लाख ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।
त्यसैगरी चाँदीको मूल्य पनि घटेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला ५ हजार २३० रुपैयाँमा खरिदबिक्री भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरू बताउँछन्। सुन र चाँदीको मूल्यमा आएको यो गिरावट पछिल्लो समयकै उल्लेखनीयमध्ये एक मानिएको छ।