काठमाण्डौ । नेपाल दुरसञ्चार कम्पनीको शेयर धनीहरूले एक महिनाको अवधिमा राम्रो मुनाफा कमाउन सफल भएका छन । एक वर्ष अघि एक हजार भन्दा तल रहेको कम्पनीको शेयर मूल्य अहिले बढेर १७ सय माथि पुगेको छ ।
बजारमा उतारचढाव आइरहँदा पनि यो कम्पनीको शेयर मूल्य भने निरन्तर उकालो लागि रहेको छ । यो समाचार तयार पार्दा सम्म कम्पनीको शेयर १७४० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । यो एक वर्ष यताकै उच्च मूल्य हो ।
एक लाख १७ हजार भन्दा धेरै कित्ताको शेयर कारोबार हुँदा धेरै कारोबार हुने कम्पनीको शीर्ष २ मा रहेको छ । यो कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट बोनस घोषणा गर्न बाँकी रहेको हुँदा राम्रो बोनस आउने आशाले लगानीकर्ता झुम्मिएको धेरैको बुझाइ छ ।