काठमाण्डौ । बुधबार प्रिओपन सेसनमा नेप्से परिसूचक २ अङ्क भन्दा धेरैले बढेको छ । मंगलबार १७ अङ्कले बढेको बजार आज भने बढेको हो ।
आज पनि कारोबार भएका मध्य बीमा समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । १३ कम्पनीहरूको शेयर खरिद बिक्री भएकोमा ११ कम्पनीको शेयर मूल्य बढेको छ भने एक कम्पनीको शेयर मूल्य घटेको छ । साथै बाँकी कम्पनीहरूको शेयर मूल्य यथावत रहेको छ ।
मितेरी विकास बैंकको सबै भन्दा धेरै मूल्यको शेयर किनबेच हुँदा ४ लाख ४१ हजार भन्दा धेरैको शेयर खरिद बिक्री भएको छ । आधा दर्जन भन्दा धेरै कम्पनीको शेयर मूल्य २ प्रतिशतले बढेर कारोबार हुँदा नेपाल दुरसञ्चार कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।