शेयर बजार बढ्ने संकेत

काठमाण्डौ । विहिबार दोहोरो अंकले घटेर बन्द भएको बजार आइतबार खुल्दा दोहोरो अंकले बढ्ने विश्वास लगानीकर्ताहरुले लिएका छन । 


पछिल्ला केहि समय शेयर बजारमा निकै उतार चढाव आइरहेको छ । केहि दिन बढ्न अनि केहि घट्नेक्रमले धेरैले लगानीकर्तालाई अन्योल सिर्जना गरेका छ । शेयर बजारका जानकारहरुका अनुसार आजदेखि बजारले राम्रो अंकले जाने बताएका छन । 

शेयर बजारमा लामोम समयदेखि लगानी गरिरहनु भएका लगानीकर्ता दिपेन्द्र अग्रवालले अब बजार घट्नु पर्ने कुनै कारण नभएको बताउनु हुन्छ । विशेष गरि फाइन्नान्स र जलविद्युतमा चाम आँउदा बजार राम्रो भोलुम सहित हरियो हुने उहाँको भनाई छ । 

शेयर बजार बढ्नुका केहि कारणहरु यस्ता छन् 


१. मौद्रिक निति मार्फत राष्ट्र बैंकले ल्याएको शेयर धितो कर्जाको प्रभाव पनि अब बजारमा न्युन भएको छ । जसले बजार अब लयमा जान महत्वपूर्ण भुमिका खेलेको बुझाइ छ । ३२ सय आसपास रहेको बजार मौद्रिक नितिले गर्दा घटेको केहिको बुझाई छ । अब शेयर धितो कर्जाको प्रभाव सकिएको धेरैको बुझाई छ । 

२.राष्ट्र बैंकले यहि मंसिरको १५ सम्ममा मौद्रिक नीतिको समिक्षा गर्दै छ । जसले गर्दा तरलता अभाव र शेयर धितोमा रहेको सीमामा पनि केहि परिर्वतन गर्ने संकेत देखिएको छ । जसको प्रभाव बजारमा पर्ने छ । 


३. बैंकहरुले दिन ब्याज दरमा लगामा लागेको छ भने तरलता अभाव पनि विस्तारै समाधान तर्फ गइरहेको छ । शेयर बजारलाई प्रभाव पार्ने ब्याजदर तलरलाई अभाव पनि मूख्य पक्ष हो । यसको समाधान भयो भने यसको फाईदा शेयर बजारमा पर्ने छ । 


४.शेयर बजारको नियामक निकायको रुपमा रहेको नेपाल धितोपत्र बोर्ड र नेप्से अहिले नेतृत्व विहिन छन । सरकारले प्रमुख चयनको लागि प्रक्रिया समेत अगाडी बढाई सकेको छ । नयाँ आउने प्रमुखले नयाँ जोसका साथ शेयर बजारलाई  माथि लैजान काम गर्ने लगानीकर्ताको बुझाई छ । 
 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय