काठमाण्डौ ३ बाट रवि लामिछाने र उनका दाइ हरिशरणको प्रतिस्पर्धा हुने संकेत

काठमाण्डौ । चर्चित सञ्चारकर्मी रवि लामिछाने टेलिभिजन यात्रालाई बिट मारेर राजनीतिमा लाग्ने संकेत गरेको कुरा सबैलाई अवगतनै छ । 

उनले काठमाण्डौका १,३ र ५ निर्वाचन क्षेत्र मध्य एक बाट चुनाव लड्ने संकेत पनि गरिसकेका छन । यही घोषणा गर्नको लागि असार ७ गते उनले विशेष कार्यक्रम मार्फत आफ्नो राजनीतिक कार्यक्रम घोषणा गर्दै छन । 

यसै बीच रविका आफ्नै दाइ हरिशरण लामिछानेले पनि काठमाण्डौ ३ मा स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका छन । उनले एक प्रेस नोट मार्फत यस्तो घोषणा गरेका हुन । यसरी हेर्दा रवि र उनका दाइ एउटै निर्वाचन क्षेत्रबाट प्रतिष्पर्धा हुने त हैन भन्ने धेरैको प्रश्न छ । रविले भने यस विषयमा आफूले कुनै निणय नलिएको बताउँदै सल्लाह भइरहेको बताएका छन । 

प्रतिक्रिया