विकास बैंकको ३० लाख कित्ता सेयर निष्कासन


काठमाडौं–एक विकास बैंकले आफ्ना सेयरधनीलाई डेढ सय प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्काशन गरेको हो । बैंकले शुक्रबारदेखि हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले १५० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो । बैंकले १ः१.५ अनुपातमा निष्काशन गरेको ३० लाख कित्ता हकप्रद सेयरमा माघ २७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त सेयरमा पुस २५ गतेसम्म कायम रहने सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।


यसको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ । सेयरमा मेरो सेयर, बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट तथा सि–आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।
 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय