बाढीले बुटवल-नारायणगढ राजमार्ग अवरुद्ध, यातायात अस्तव्यस्त

रूपन्देही – लगातारको अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएपछि प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न यात्रुहरूलाई अनुरोध गरेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० का सूचना अधिकारी मधु नेपालले बिहीबार एक सूचना जारी गर्दै यात्रुहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेका हुन्।

विनयी खोलामा पानीको सतह अत्यधिक बढेपछि डाइभर्सनमा क्षति पुगेको छ भने दुम्कीबास–दाउन्ने खण्डमा पर्ने विश्वकर्मा मन्दिर र झ्युखोला आसपासको सडक चिप्लो भएको कारणले गाडीहरू फस्ने वा चिप्लने समस्याले आवागमन पूर्णरूपमा प्रभावित भएको हो।

यात्रुलाई सुरक्षित र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्दै प्रहरीले सुझाव दिएको छस्

पूर्वबाट पश्चिमतर्फ जाने सवारीस् नारायणगढ–मुग्लिङ–पोखरा–स्याङ्जा हुँदै बुटवल

काठमाडौंबाट पश्चिमतर्फ जाने सवारीस् मुग्लिङ–पोखरा–स्याङ्जा हुँदै बुटवल

पश्चिमबाट पूर्वतर्फ आउने सवारीस् बुटवल–स्याङ्जा–पोखरा–मुग्लिङ हुँदै यात्रा

साना सवारीसाधनका लागि अवस्था अनुकूल भएमा कालिगण्डकी कोरिडोरअन्तर्गतको गैँडाकोट–पिपलडाँडा सडक खण्ड प्रयोग गर्न सकिने जानकारी दिइएको छ।

बुटवल–दाउन्ने सडक खण्ड विनयी खोलाको डाइभर्सन पटक–पटक बग्दा अवरुद्ध भएको हो। यो सडक निर्माणाधीन अवस्थामा रहे पनि दाउन्नेको उकालो खण्ड अझै अधुरो छ, जसका कारण बारम्बार समस्या आइरहेको छ।

प्रतिक्रिया