निर्वाचनका लागि देशभर ७५ मतदानस्थल थप, कुल संख्या १०,९६७ पुग्यो

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले देशभरका मतदानस्थलहरूको पुनरावलोकन सम्पन्न गरेको छ। मतदाताले सजिलै पहुँच पाउन र मतदान प्रक्रिया सुचारु बनाउन आयोगले १६८ नयाँ मतदानस्थल थप गरेको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आइतबार बसेको बैठकले अपायक रहेका, जीर्ण भौतिक संरचना भएका वा प्रयोगमा नरहेका ९३ पुराना मतदानस्थल खारेज गर्ने निर्णय पनि गरेको छ।

यसअघि देशभर १० हजार ८९२ मतदानस्थल रहेका थिए। नयाँ थप र खारेजी गरी अब कुल १० हजार ९६७ मतदानस्थल कायम भएका छन्, जसअनुसार देशभर ७५ मतदानस्थलले वृद्धि भएको छ।

पुनरावलोकनको क्रममा आयोगले मतदानस्थलको नाम तथा ठेगानामा रहेका त्रुटि सच्याउने, मतदातालाई सहज हुने स्थानमा सार्ने तथा आवश्यक ठाउँमा नजिकैको अर्को मतदानस्थलमा समायोजन गर्ने कार्य समेत गरेको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय