काठमाडौं । सरकारले आइतबार र सोमबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले देशभर भारी वर्षा भइरहेको र दशैँ मनाउन कर्मचारीसहित सर्वसाधारण घरमै रोकिएका कारण सरकारले दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएका छन्।
विदा सम्बन्धी निर्णय भइसकेकाले मन्त्रालयले छिट्टै आइतबार र सोमबारका लागि सार्वजनिक विदाको सूचना आफ्नो वेवसाइटमार्फत प्रकाशित गरेको छ।