गुहेश्वरी मर्चेन्ट बैंकिङ्गको लाभांश घोषणा,नगद र शेयर कति ?

काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनानसले आफ्ना शेयर धनिहरुको लागि बोनस घोषणा गरेको छ । 

फाइनान्सले हाल कायम चुक्ता पूँजस्को १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश गरी कुल १०।५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। मंसिर १५ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

हाल फाइनान्सको चुक्ता पूँजी ८६ करोड ४० लाख रुपैयाँ रहेको छ। १० प्रतिशतका दरले बोनस शेयर वितरणपश्चात फाइनान्सको चुक्ता पूँजी ९५ करोड ४ लाख रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया