काठमाण्डौ । साताको पहिलो दिन नेप्से ७१ अंक भन्दा धेरैले बढेर समग्र बजार २९४७ विन्दुमा पुगेको छ ।
केहि समयदेखि लगातार घटेको शेयर बजार आज पनि वाउन्स ब्याक गरेको छ । नेप्सेसँगै कारोबार रकममा पनि आज बृद्धि भएको छ ।
आज नेप्सेमा दिनै भरिमा २३१ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा १७१ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने १२ कम्पनीहरुको शेयर मूल्य घटेको छ साथै बाँकी कम्पनीहरुको शेयर मुल्य भने यथावत रहेको छ ।
आज नेप्सेका अन्य सूचकहरुमा समेत हरियाली छाएको छ भने वीमा,जलविद्युत र विकास बैक उप समूहमा उछाल आएको छ भने म्युचुअल फण्ड समूह घटेको छ । आज अरुण भ्यालीको शेयर सबै भन्दा धेरै खरिद विक्री हुँदा सिटिजन म्युचुअल फण्डको मूल्य सबै भन्दा धेरै घटेको छ ।