काठमाण्डौ - तिहारअघिको अन्तिम कारोबार दिन बुधबार नेप्से सूचक सामान्य अंकले बढेको छ। यस दिन नेप्से सूचक ५.२२ अंकले बढेर २८४८.८४ विन्दुमा पुगेको छ। सेन्सेटिभ सूचक भने ०.५२ अंकले घटेको छ।
यस दिन साढे ६ अर्ब रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ। बुधबार २२९ वटा कम्पनीको ९९ लाख ९५ हजार ५२२ कित्ता शेयर ६ अर्ब ५५ करोड ३० लाख ५९ हजार १५२ रुपैयाँमा खरिद बिक्री भएको छ।
बुधबार महालक्ष्मी विकास बैंकको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने आइसिएफसि फाइनान्स र साहस उर्जाको ९.९९ प्रतिशत, अरुण काबेली हाइड्रोपावरको ७.५० प्रतिशत, एनआरएन डेभलपमेन्ट कम्पनीको ७.११ प्रतिशत र मानुषि लघुवित्तको ६.१० प्रतिशतले बढेको छ।
यता छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य ५.५९ प्रतिशतले घटेको छ भने श्री इन्भेष्टमेन्ट फाइनान्सको ४.०७ प्रतिशत, युनिलिभरको ३.८४ प्रतिशत, ग्रिन लाइफ हाइड्रोपावरको ३.७० प्रतिशत र युनाइटेड मोदि हाइड्रोपावरको ३.२४ प्रतिशतले घटेको छ।