काठमाडौं । विगतको तुलनामा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र इमर्जिङ्ग नेपाल लिमिटेडको प्राथमिक शेयर बाँडफाँड छिटो भएको छ भने यी कम्पनीहरू दोस्रो बजारमा कारोबारको लागि आफ्नो प्रक्रिया समेत अगाडि बढाई सकेका छन ।
आँउदो साता सम्ममा यी कम्पनीहरू नेप्सेमा सूचिकृत हुने सम्भावना रहेको छ । यी कम्पनीहरूले कति मूल्यमा दोस्रो बजारमा कारोबार सुरु गर्लान् भन्ने धेरैको चासो रहेको छ । यसै बीच जाल्पा लघुवित्तको नेप्सेले लघुवित्तको पहिलो कारोबारका लागि प्रतिशेयर न्यनतम ३७९ रुपैयाँ ८६ पैसादेखि अधिकतम १ हजार १३९ रुपैयाँ ५८ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ । लघुवित्तको आर्थिक बर्ष २०७७–७८ मा प्रतिशेयर नेटवर्थ ३७९ रुपैयाँ ८६ पैसा रहेको छ ।
त्यस्तै इमर्जिङ्ग नेपालको नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिशेयर न्यूनतम १०५ रुपैयाँ ११ पैसादेखि अधिकतम ३१५ रुपैयाँ ३३ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना छ । कम्पनीको आर्थिक बर्ष २०७७–७८ मा प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ११ पैसा रहेको छ ।
यसरी हेर्दा जाल्पा लद्युवित्तका शेयर धनीहरू पहिलो दिनमै दश हजार रुपैयाँ मुनाफा कमाउने सम्भावना रहेको छ भने इमर्जिङ्ग नेपालका शेयर धनीहरूले पहिलो दिनमै ३ हजार मुनाफा कमाउने सम्भावना रहेको छ ।