प्रदेश भित्रको प्रदेशिको -– भूमि सुवेदी

एक दैलो दुई पाइला
हिँडेको सपना, एक शरीर दुई
देशले लछारेर
अनि हामी पछारिएर
सपना सँगै हराएको
त्यता सुनाउन खबर घर देशिको
सुनाइ सकिँदैन प्रदेश भित्रको प्रदेशिको ।।

पिरति यसरी बाँटियो
बाँटिदा बाँटिँदै आकाशले टुटायो
आकाशबाटै यात्रा छुटायो
तिमी पोखिन्छौ पिरको भारी बोकी
यता रात काट्नुपर्छ छाती ठोकी
तिम्रो गहभरी नसानु, नयनमा आँसु
त्यही आँसुलाई हाँसो देखाउनु, विवश छु म पनि
अग्ला घर हेर्ने हामी रहरदेशिको
यस्तै छ प्रदेश भित्रको प्रदेशिको ।।

हारेको पनि कहाँ भन्न सकिन्छ
जित भनौँ, तिमी पायौ
अब सपना लाई विपना बनाउनु छ
हारलाई जित दिनु छ
टुटेकालाई जुटाउनु छ
अरे भैया, खबर आउँछ मधेशिको
यस्तै छ प्रदेश भित्रको प्रदेशिको ।।।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय