शेयर बजार - धेरैको विश्वास यही हप्ता नेप्से ३ हजरमाथि पुग्छ

काठमाडौं - आज माघ २ गते अर्थात यो महिनाको पहिलो शेयर कारोबार हुने दिन । अघिल्लो हप्ता शेयर बजारको लागि निकै सुखद रह्यो । केवल एक दिन घटेर बाकी दिन बजार आक्रमक बढ्यो । गत बिहीबार ५४ अंकले बढेर बजार २८५७ बिन्दुमा पुगेको छ भने धेरैले यही हप्ता ३ हजार माथि पुग्ने अनुमान गरिएको छ । 

अहिले भने शेयर बजारमा फेरि रौनकता थपिएको छ । अघिल्लो हप्ता केही महिना यताकै राम्रो ७ अर्ब माथि पुगेको छ । अहिलेको बजार देखेर युवाहरुमा फेरि उत्साह छाएको छ । धेरै जानकारहरुले शेयर बजार माघ महिना भित्रै ३५ सय आसपास पुग्ने अनुमान गरेका छन् भने त्यसको संकेत समेत बजारले देखाएको दाबी गर्छन् । 

पछिल्लो समय शेयर बजारमा उत्साह आउनुको पछाडि केही कारणहरू छन् - 

१.नेपालको अर्थतन्त्र तरलता अभावको चपेटामा परेको छ । बैंकहरुले ऋण दिन नसक्ने अवस्थामा थिए तर पुस लागेसँगै यो समस्या बिस्तारै समाधान हुन लागेको छ । सिडी रेसियो ९० प्रतिशत भन्दा तल आएको छ भने लगानी योग्य रकम बढेको छ । यसको प्रत्यक्ष असर बजारमा देखिएको छ । 

२.शेयर बजारमा रौनक आउने अर्को कारण हो कोरोना को नयाँ भेरियन्ट । आईतबार सिसिएमसीले गरेको निर्णय अनुसार नेपालमा स्मार्ट लक डाउन सम्मको परिकल्पना गरेको छ । विगतमा कोरोना संक्रमणको समयमा लक डाउन हुँदा शेयर बजारमा उछाल आएको हुँदा यो पटक पनि अन्य क्षेत्र ठप्प हुँदा सबै पैसा र ध्यान शेयर बजारमै आउने आस धेरै लगानीकर्तालाई छ सोही कारणले पनि शेयर बजारमा उत्साह फर्किएको छ । 

३. देशमा स्थानिय तहको चुनाव पनि आएको छ । चुनावमा प्राय शेयर बजार हरियो हुने विगतको रेकर्ड छ । आउँदै गरेको स्थानीय निकायको चुनावले पनि बजारलाई रौनक सिर्जना गर्न केही भूमिका खलेको धेरैको बुझाई छ । 

४. माघ महिनाको लागि बैंकहरुले ब्याजदर स्थिर राखेपछि यसको फाइदा शेयर बजारमा पर्ने विश्वास लिइएको छ । 

५.प्राय यस अघि पुस महिनामा बजार केही दबाबमा आउने गरे पनि यो पटक चाहिँ बजार पुस अन्तिम साता नैं राम्रो बढ्यो । अब माघ लागिसकेको हुँदा बजार घट्नु पर्ने कुनै कारण छैन । 

प्रतिक्रिया