बलेफी हाइड्रोपावरको आइपीओ बाँडफाँट,नतिजा कसरी हेर्ने ?

काठमाडौं - बलेफी हाइड्रोपावरको आइपीओ मंगलबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत कुल १ लाख ६६ हजार ३४५ जनाले सेयर हात पारेका छन् ।

जसमध्ये १ लाख ६६ हजार ३४२ जनाले १० कित्ता र ३ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । कुल २१ लाख ७१ हजार ७४० जनाले आवेदन दिएकामा ३ हजार ६४० जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका २१ लाख ६८ हजार १०० जना आवेदकलाई गोला प्रथामा सहभागी गराइएको हो । यो आइपीओमा भाग भन्दा १४.६७ गुणा बढी आवेदन परेको थियो ।

बलेफीले चैत १६ गतेबाट २१ गतेसम्म सर्वसाधारणका लागि १६ लाख ६३ हजार ४५३ कित्ता आइपीओ निष्कासन गरेको हो । कुल १८ लाख २७ हजार ९७० कित्ता सेयरमध्ये ५% अर्थात् ९१ हजार ३९८ कित्ता सामूहिक लगानी कोष र ४% अर्थात् ७३ हजार ११९ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी सेयर सर्वसाधारणलाई जारी भएको हो ।

नतिजाको लागि  यहाँ जान सक्नुहुन्छ । 

प्रतिक्रिया