उप- सभापतिमा देउवा प्यानल पत्तासाफ हुने संकेत,कसको मत कति ?

काठमाडौं - नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनको उपसभापतिको मतगणना सुरु भएको छ । 

उपसभापति पदमा विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, धनराज गुरुङ, चन्द्र भण्डारी, सुजाता कोइराला, दिव्येश्वरी शाह र महेश आचार्य गरी सात जना प्रतिस्पर्धामा हुनुहुन्छ । कांग्रेसमा दुई जना उपसभापति रहने व्यवस्था छ । 

तीन ठाउँमा मतगणना भइरहेको र उपसभापतिको मत गणना सकिएपछि महामन्त्रीको मतगणना सुरु गर्ने निर्वाचन समितिले जनाएको छ । १४ औँ महाधिवेशनबाट सभापति पदमा शेरबहादुर देउवा निर्वाचित भइसक्नुभएको छ । 

बुधबार पार्टी कार्यालय सानेपामा गरिएको मतगणनामा पहिलो पटक सार्वजनिक मतपरिणाम अनुसार धनराज गुरुङले १३१, पूर्णबहादुर खड्काले १२८, विजयकुमार गच्छदारले १२२, चन्द्र भण्डारीले ९५ मत पाएका छन् ।

प्रतिक्रिया