काठमाडौंँ -राप्रपा नेपालका अध्यक्ष कमल थापाले अर्थमन्त्री जनार्दन शर्माकाे राजीनामा मागेका छन् ।
सोमबार राति ट्विट गर्दै अध्यक्ष थापाले बजेट निर्माण र खासगरी करको दर निर्धारण गर्ने संवेदनशील/गोप्य कार्यमा असम्बन्धित र गैरजिम्मेवार व्यक्तिलाई संलग्न गराउनु जघन्य आर्थिक अपराध र अनैतिक कार्य भएको उल्लेख गर्दै अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताएका हुन् ।
अन्यथा अर्थमन्त्रीलाई प्रधानमन्त्रीले पदबाट हटाउनुपर्ने वा पार्टीले फिर्ता बोलाउनुपर्ने उनको भनाइ छ ।