काठमाण्डौ - ३२ सय आसपास पुगेको शेयर बजार ओरालो लागेर २८ सम्म आइपुगेको छ ।
एक हप्ताको अवधिमा शेयर बजार ओरालो लाग्नुको खुख्य कारण नेपाल राष्ट्र बैंकको मौद्रिक नीति हो भन्ने धेरैको भनाइ छ ।
राष्ट्र बैंकले मौद्रिक नीति मार्फत शेयर धित कर्जाको सीमा १२ करोड बनाएपछि त्यसको असर बजारमा देखिएको हो ।
यो भन्दा अगाडि शेयर धित कर्जाको कुनै सीमा थिएन । ठूला लगानीकर्ताले त्यो सीमा कायम गर्न धमाधम शेयर बेचिरहेका कारण बजार अहिलेको अवस्थामा आएको धेरैको भनाइ छ ।
पूँजी बजारमा नकारात्मक प्रभाव पार्ने काम गरेको भन्दै लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन्।
लगानीकर्ता रामकृष्ण ढकालको संयोजकत्वको पूँजी बजार सुधार संघर्ष समितिले गभर्नरको राजीनामालाई मुख्य मागको रुपमा राख्दै विभिन्न १५ बुँदे माग राखेको छ।
समितिले केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत ल्याएको मार्जिन कर्जामा १२ करोडको सिमा हट्नु पर्ने, लघुवित्त कम्पनीहरुले वितरण गर्ने लाभांशमा लगाइएको क्याप हटाउनु पर्ने, प्रोभिजनिङ्ककाे व्यवस्था परिमार्जन गर्नुपर्ने लगायतका मागहरु राखेका छन्।