काठमाण्डौ । नेप्सेले क्रियटिभ सेक्युरिटिज प्राइभेट लिमिटेड अर्थात् ब्रोकर नम्बर ९४०० सँग ३ दिने स्पष्टिकरण मागेको छ ।
सो ब्रोकर कम्पनीले स्वरोजगार लघुवित्त वित्तिय सस्था लिमिटेडको संस्थापक सेयर कारोबार गर्न स्वीकृति माग गरिएकोमा यस ब्रोकरबाट स्वीकृति नलिई कारोबार गरेको हुँदा उक्त सम्बन्धमा सात कार्य दिन भित्र नेप्सेमा जवाफ पेश गर्न धितोपत्र सदस्यता तथा कारोबार विनियमावली, २०५५ को विनियम ११०,२०,३० बमोजिम निर्देशन दिईएकोमा आजको मितिसम्म जवाफ प्राप्त नभएकोले उक्त विनियमावलीको विनियम ७,२० अनुसार त्यस सदस्य दलाललाई किन कारवाही नगर्ने ? सो को स्पष्टिकरण तीन ,३० कार्य दिन भित्र पेश गर्न अनुरोध गरेको हो ।