नेपालको सार्वजनिक ऋण २६ खर्ब नाघ्यो, बाह्य ऋणको हिस्सा उच्च

नेपालको कुल सार्वजनिक ऋण २६ खर्ब नाघेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्ममा कूल सार्वजनिक ऋण २४ खर्ब २२ अर्ब ४० करोड रुपैयाँ पुगेको छ।

चालु आवको सुरुवातमा अर्थात् असार मसान्तमा यो रकम २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ थियो। १० महिनाको अवधिमा सरकारले १ खर्ब ८८ अर्ब ३० करोड रुपैयाँ ऋण थपेको हो। कुल ऋणमध्ये ४८.३१% आन्तरिक र ५१.६९% बाह्य ऋणको हिस्सा रहेको छ। सरकारले चालु वर्षमा कुल ५ खर्ब ४७ अर्ब रुपैयाँ ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो। वैशाख मसान्तसम्म ३ खर्ब ९० अर्ब ८३ करोड रुपैयाँ ऋण प्राप्त भइसकेको छ, जुन लक्ष्यको ७१.४५% हो।

योमध्ये आन्तरिक ऋण प्राप्तिको प्रगति ९१.२५% र बाह्य ऋण प्राप्तिको प्रगति ४१.३३% रहेको छ। ऋण भुक्तानी (Debt Servicing) मा यस आर्थिक वर्षका लागि कुल ४ खर्ब २ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो। वैशाख मसान्तसम्म ३ खर्ब ८ अर्ब १४ करोड रुपैयाँ भुक्तानी भइसकेको छ, जुन कुल विनियोजनको ७६.४९% हो। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार, वैशाख मसान्तसम्म ऋण सेवा खर्च कूल ग्राहस्थ उत्पादन (GDP) को ५.५% बराबर पुगेको छ।

 

📊 नेपाल सरकारको सार्वजनिक ऋण विवरण (२०८१/८२)

वैशाख मसान्तसम्मको तथ्यांक
विवरण अंक/प्रतिशत
कूल सार्वजनिक ऋण (वैशाख मसान्त) २४ खर्ब २२ अर्ब ४० करोड
कूल सार्वजनिक ऋण (असार मसान्त) २४ खर्ब ३४ अर्ब ९ करोड
१० महिनामा थपिएको ऋण १ खर्ब ८८ अर्ब ३० करोड
आन्तरिक ऋणको हिस्सा ४८.३१%
बाह्य ऋणको हिस्सा ५१.६९%
वर्षभरको लक्ष्य ५ खर्ब ४७ अर्ब
वैशाखसम्म प्राप्त ऋण ३ खर्ब ९० अर्ब ८३ करोड
कुल प्राप्तिको प्रतिशत ७१.४५%
आन्तरिक ऋण प्राप्तिको प्रगति ९१.२५%
बाह्य ऋण प्राप्तिको प्रगति ४१.३३%
ऋण सेवा खर्चका लागि विनियोजित बजेट ४ खर्ब २ अर्ब ८५ करोड
वैशाख मसान्तसम्मको भुक्तानी ३ खर्ब ८ अर्ब १४ करोड
भुक्तानी प्रतिशत ७६.४९%
GDP अनुसार ऋण सेवा खर्च ५.५%

 

प्रतिक्रिया