राष्ट्र बैंकले घटायो सेयर धितो कर्जाको जोखिम भार

काठमाडौं — नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार घटाउने निर्णय गरेको छ। चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै केन्द्रीय बैंकले जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत (शतप्रतिशत) मा ल्याएको हो।

यसअघि केन्द्रीय बैंकले सेयर बजार र घरजग्गामा लगानीलाई अनुत्पादक भन्दै ती क्षेत्रका कर्जामा जोखिम भार बढाएको थियो। तर नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले नेतृत्व सम्हालेसँगै जोखिम मूल्याङ्कन पुनःगरिएको र सेयर धितो कर्जामा सहजता ल्याउन यो निर्णय गरिएको राष्ट्र बैंकले जनाएको छ।

यस निर्णयले सेयर बजारमा लगानीकर्ताको आत्मविश्वास बढाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया