रोशनी शाही मृत फेला

काठमाडौँ — तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लगाएकी रोशनी शाही आइतबार मृत अवस्थामा फेला परेकी छिन्। उनी भक्तपुरको सूर्यविनायक नगरपालिका–१० बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरेर बस्दै आएकी थिइन्।

जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज नेउपानेका अनुसार शाही आफ्नो डेराकै कोठामा मृत अवस्थामा भेटिइन्। घटनास्थलमा प्रहरी पुगिसकेको छ र आवश्यक अनुसन्धान भइरहेको छ।

उनका श्रीमान् विराटनगरमा रहेका कारण उनी काठमाडौं आउँदै गरेको जानकारी प्राप्त भएको छ।

प्रतिक्रिया