सरकारले दुई अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क र करमा सहुलियत दिने

काठमाडौं । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानलाई प्रोत्साहन गर्न विभिन्न शुल्कमा छुट दिने निर्णय गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार मन्त्रिपरिषद्को निर्णयले २०८३ साल भदौ मसान्तसम्मका लागि चार प्रकारका शुल्कमा छुट तथा सहुलियत लागू हुनेछ।

निर्णयअनुसार अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले तिर्ने ३,००० रुपैयाँको यात्रु सेवा शुल्क र १,००० रुपैयाँ बराबरको पर्यटन शुल्क पूर्ण रूपमा छुट हुनेछ। साथै, अन्तर्राष्ट्रिय उडान भर्ने जहाजका लागि लाग्ने पार्किङ, ल्यान्डिङ र न्याभिगेसन (सञ्चार तथा उड्डयन सहायता) शुल्क पनि पूर्ण रूपमा छुट गरिएको छ।

ग्राउन्ड ह्यान्डलिङ सेवामा भने ७५ प्रतिशत छुट दिइनेछ। मन्त्रालयका सह प्रवक्ता गोकर्ण प्रसाद उपाध्यायका अनुसार यस निर्णयले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूको सञ्चालन खर्च उल्लेख्य रूपमा घट्नेछ, जसले यी विमानस्थलहरूमा उडान थप आकर्षक बन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय