कोरोना संक्रमण बढ्न थालेपछि माघ १५ सम्म विद्यालय बन्द गर्न सिफारिस

काठमाडौं - कोरोना संक्रमण भयाभह हुन थालेपछि आउँदो माघ १५ सम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरिएको छ । 

आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले माघ १५ गतेसम्म हिउँदे विदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न आग्रह गरेको छ । त्यस्तै अभिभावकहरुलाई पनि बालबालिका विद्यालय नपठाउन आग्रह गर्ने निर्णय गरेको गरेको छ । 

यस बीचमा खोप लगाउने कामलाई पनि निरन्तरता दिन बैकठकले निर्णय गरेको छ । 

 

प्रतिक्रिया