प्रभु बैंकका सिइओ अशोक शेचरनको वार्षिक तलब कति ?

काठमाण्डौ । नेपालमा सञ्चालनमा रहेका बाणिज्य बैंकहरुको कार्यकारी अधिकृतहरुको तलव भत्ता कति छ भन्ने विषयमा धेरैले चासो राख्ने गरेका छन । 

यसै विच धेरै तलव बुझ्नेमा प्रभु बैंकको सीइओ अशोक शेरचन पनि रहेका छन । उनले नेपाल इन्भेष्टमेन्ट बैंक, स्ट्यार्ण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, नविल बैकका प्रमुख कार्यकारी अधिकृतको भन्दा धेरै प्राप्त गरेका छन् ।

शेरचनले तलब भत्ता बापत २ करोड ७४ लाख रुपैयाँ बुझेका छन् भने कर्मचारी बोनश मात्रै ४१ लाख ६५ हजार रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै दशै तथा विदा बापत ३७ लाख ३६ हजार रुपैयाँ बुझेको पाइएको छ । यि सबै सेवा सुविधा बापत उनले तीन करोड ५३ लाख रुपैयाँ बुझेका छन् ।

उनले यस बापत इन्धन र मर्मत सम्भार सिहित सवारी साधन, दुर्घटना बीमा, औषधोपचार बीमाको सुविधा पाउछन् । उनको आश्रित परिवारका लागि समेत औषधोपचार बीमाको व्यवस्था गरिएको छ । नियमअनुसार मोबाइल फोनको भुक्तानीको समेत व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय