लगातार नेप्से ओरालो लाग्दै,कारोबार रकम पनि घट्यो

काठमाण्डौ । साताको चौथो दिन बुधबार पनि नेप्से दोहोरो अङ्क ३८ ले घटेर बजार बन्द भएको छ । आज नेप्सेमा मात्र दबाब परेको छैन कारोबार रकम पनि घटेर ४ अर्ब ३१ करोड माथि आएको छ । 

सोमबार र मंगलबार पनि बजार घटेर बन्द भएको थियो । योसँगै नेप्से २७७६ विन्दुमा आएको छ । २३३ कम्पनीको कारोबार भएको शेयर बजार निकै उतारचढाव सहित बन्द हुने बेलामा घटेरै बन्द भएको हो । 

कारोबार भएका मध्य १५ कम्पनीहरूको मात्र शेयर मूल्य बढेको छ भने बाँकी सबैको शेयर मूल्य घटेको छ । २ कम्पनीहरूको शेयर मूल्यमा सर्किट लागेर कारोबार हुँदा अपि पावरको शेयर सबै भन्दा धेरै मूल्यको खरिद बिक्री भएको छ । 

नेप्सेका सबै सूचकहरूमा रातो पोतिँदा बीमा समूहको उपसूचक धेरै अङ्कले घटेको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय